होटल व्यवसायीहरुको गल्तीमा प्रहरीले सम्झैता गर्दैनः एसपी मैनाली


३ श्रावण २०७६, शुक्रबार १५:५२ मा प्रकाशित

झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक दिनेश मैनालीले होटल व्यवसायीहरुको गल्तीमा प्रहरीले कुनै सम्झैता नगर्ने बताएका छन् ।

शुक्रबार झापाको विर्तामोडमा आयोजित होटल व्यवसायीसंगको अन्र्तक्रिया क्रममा एसपी मैनालिले कानुन बिपरितका कुनै पनि किसिमको गतिबिधी नर्गन चतावनी दिएका छन् । ईलाका प्रहरी कार्यलय अनारमनिले आयोजना गरेको होटल व्यवासयीसंगको अनर्तक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक दिनेश मैनालीले होटल संचालकहरुले होटलमा कानुन विपरितका कुनै पनि गतिविधी गरे प्रहरीले कानुनी कार्वाही गर्ने बताए। उनले व्यवसायीहरुलाई कानुनी मर्यादा भित्र रहेर कार्य गर्न अनुरोध गर्दै गल्ति गरे सोझै कानुनी प्रक्रियामा जाने बताए । प्रहरीबाट हुने गल्तिलाई सुधार्ने प्रतिबद्धता जनाउदै एसपी मैनालीले होटल संचालन गर्दा गैर कानुनी कार्य नर्गन चेतावनी दिए ।

कार्यक्रममा होटल व्यवसायलाई व्यवस्थीत गर्ने सन्दर्भमा प्रहरी र व्यवसायीहरुबीच अन्र्तक्रिया भएको थियो । झापाका होटलहरुमा यौन धन्दालाई निमुल पार्ने उदेश्य स्वरुप प्रहरी समुदाय समझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले आयोजना गरेको कार्यक्रममा होटल संचालनका सन्र्दभमा राज्यले व्यवस्था गरेको कानुनको बिषयमा ईलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख महेश कुमार थापाले जानकारी गराएका थिए ।

कार्यक्रममा बिर्तामोड बजार क्षेत्रको ६५ भन्दा बढी होटल व्यवसायीहरुको उपस्थीति रहेको थियो । प्रहरीले कुनै पनि कार्वाही भन्दा अगावै सुधार गर्नको लागी अवसर प्रदान गरेको भन्दै कानुन विपरीतका गतिविधी नर्गन व्यवसायीलाई सजग गराएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here