सुरक्षित कारोबार ऐन संशोधन हुँदा अचल सम्पती नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच बिस्तार हुन्छः अर्थमन्त्री पौडेल


८ श्रावण २०८१, मंगलवार १८:१५ मा प्रकाशित

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्दा अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सौद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताउनु भयो ।

उहाँले निष्क्रिय रुपमा रहेको चलसम्पती समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनु भयो । उहाँले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताउनु भयो ।

उहाँले चल सम्पतीलाई धितो मानेर कारोबार गर्ने अभ्यास भएपनि केही समयअघि शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउनसक्ने व्यवस्थालाई कानून रुपमा कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने विश्वास रहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here