राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्रेटिक प्रतिनिधिहरुको पर्याप्त समर्थन छः कमला ह्यारिस


८ श्रावण २०८१, मंगलवार ११:३५ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवारका लागि आफूसँग डेमोक्रेटिक प्रतिनिधिहरुको पर्याप्त समर्थन रहेको बताउनुभएको छ । उहाँले अमेरिकाको राष्ट्रपति बन्न डेमोक्रेटिक प्रतिनिधिहरुले आफूलाई पूर्ण समर्थन गर्ने पनि बताउनु भयो ।

उहाँले राष्ट्रपति जो बाइडेनले आफू राष्ट्रपतिको उम्मेदवारबाट पछि हटेको घोषणा गरेसँगै आफूलाई पार्टीका सम्पूर्ण प्रतिनिधिहरुले साथ र सहयोग गर्ने बताउनु भयो । राष्ट्रपति बाइडेनले दबाबका बीच राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्ने निर्णय गर्नुभएको थियो ।

उहाँले कमला ह्यारिसलाई पार्टीबाट आगामी राष्ट्रपतिका लागि समर्थन गर्ने बताउनुभएको थियो । ह्यारिसलाई पूर्वसभामुअ नान्सी पेलोसीले पनि समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपति बराक ओबामाले भने समर्थन गर्ने/नगर्ने घोषणा गरिसक्नुभएको छैन । रिपब्लीकनबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार हुनुहुन्छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here