टिकटकमा भाइरल गरिमा गीत गाउँदा-गाउँदै स्टुडियोमै भक्कानिइन्


३ श्रावण २०७६, शुक्रबार १२:५५ मा प्रकाशित

काठमाडौं । टिकटकमा गीत गाएर भाइरल बनेकी गरिमा हुँमागाईले अन्ततः गायिका बन्ने अवसर प्राप्त गरेकी छिन् ।

हालै गरिमाले आफ्नो पहिलो गीत रेकर्ड गराएकी हुन् । ‘प्लस टु’ अध्ययनरत उनी आफ्नो गायिका बन्ने सपना पूरा भएकोमा गीत गाउँदा-गाउँदै स्टूडियोमै भावूक बनिन् । गायिका बन्ने सोच पालेको भए पनि आर्थिक अभावका कारण सम्भव नदेखेकी उनलाई डीएआर मूभिजले सम्पूर्ण खर्च व्यहोरेर गीत गाउने अवसर प्रदान गरेको हो ।

उनले एउटा तीजको गीतमा आवाज दिएकी छिन् । यो सँगै आगामी दिनमा पनि गीत गाउने अवसर प्रदान गरिने डीएआर मुभिजका सञ्चालक प्रभावनले बताएका छन् । केहि समय अगाडि गलबन्दी गीत गाएर टिक टकमा गरिमा भाइरल बनेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here