संविधान पूर्ण छैन, सबै मिलेर संशोधन गरौँः सांसद महतो


६ श्रावण २०८१, आईतवार १७:०६ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले संविधान पूर्ण रुपमा नरहेकाले संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।


आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान पूर्ण नरहेकाले संशोधन गरेर जानुपर्ने बताउनु भयो । उहाँले अहिले संविधान संशोधनको बेला आएको भन्दै सबै राजनीतिक दल मिलेर जनतालाई माथि राखेर संशोधन गरेर जानुपर्ने बताउनु भयो ।

उहाँले संविधानमा उल्लेख भएको मौलिक अधिकार अझै पूरा नगर्नुले जनतामा निराशा छाएको बताउनु भयो । सांसद महतोले ठूला विकासका कुरा पछि गरेर जनतालाई चाहिने न्युनतम आवश्यकता पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here