नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा काँग्रेस मौन नबस्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि काँग्रेसका सबैले साथ दिने बताउनु भयो । उहाँले काँग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा काँग्रेस नलाग्ने बताउनु भयो ।
उहाँले सरकारले गर्ने कमजोरीमा आफूहरु मौन नबस्ने बताउनु भयो । उहाँले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरुलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताउनु भयो ।
काँग्रेस र एमालेले नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले प्रतिपक्षी दलहरु संसदमा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताउनु भयो ।