राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताउनु भयो । उहाँले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गर्नुभयो । उहाँले १० वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने बतउनु भयो ।
उहाँले वर्तमान संविधानलाइ संशोधन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको बताउनु भयो । सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।