जनकपुरधाम । धनुषा चेम्बर अफ कमर्सले नागरिक समाजिक उत्तरदायित्व अन्तरर्गत बाढी प्रभावित परिवारलाई १ सय १ वटा झुल वितरण गरेको छ ।
धनुषा चेम्वरका पदाधिकारीहरुले बिहिवार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई झूल हस्तान्तरण गरेको हो । अविरल वर्षाका कारण आएको बाढी क्षेत्रमा अहिले लामखुट्टेको प्रकोप देखिएपछि झुल वितरण गरिएको हो । झाडापखाला आउ, मैलेरिया, टायफड लगायत विभिन्न रोगले बाढी पीडितहरु समस्या झेलिरहेका छन् भने केही स्थानमा मात्रै चिकित्सकहरुको टोली पुग्न सकेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।
धनुषामा अहिले राहत वितरणमा एकद्वार प्रणाली लागू भएकोले गर्दा आफूहरु जिल्ला प्रशासन कार्यालय मार्फत नै झुल जिम्मा लगाएको चेम्बरका अध्यक्ष विजयकुमार साहले बताए । राहत हस्तान्तरणको बेला चेम्बरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र, उपाध्यक्षद्वय सलामत राइन र हिरालाल पूर्वे, महासचिव कृष्णदेव सह, सह कोषाध्यक्ष जानकी रमन झा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
जनकपुरमा मात्रै करिब २० हजार विस्थापित भएका छन् भने नेपालमा करिब १ लाख व्यक्ति बाढीबाट प्रभावित भएका छन् ।





