सहकारी छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने


२७ असार २०८१, बुधबार १६:३८ मा प्रकाशित

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ । बुधवार सहकारी पीडितहरुसँगको छलफलमा समितिका सभापति सूर्यबहादुर थापाले कानूनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताए । 

उनले विदेशमा भएका सहकारी ठगहरुलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताए । उनले सरकारले र संसद्‌ले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरुलाई न्याय दिलाउने गरी काम गर्ने बताए ।

उनले भने, समितिले नभएका आश्वासन दिँदैन । समितिले जे हो त्यो गर्छौं । सरकारको तर्फबाट लुप होलहरु छन् भने ती पनि खोजिरहेका छौँ । सरकारका निकायहरु गृह प्रशासन, प्रहरीलाई बोलाएर पनि भनिरहेका छौँ । सहकारी ठगेर विदेश जो पलायन भएका छन् ।

उनीहरुलाई नेपालमा ल्याउने कानूनी प्रवन्धका बारेमा जानकारी लिएका छौं । सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले होइन । सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको छ । समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरुलाई केलाइरहेका छौं ।

उनले राज्यका निकायहरुले किन लापरबाही गरे भन्नेबारेमा समेत समितिले अनुसन्धान गर्ने बताए । चितवनमा एउटै मान्छे कोषाध्यक्ष,पोखरामा अध्यक्ष र नेपाल गञ्जमा उपाध्यक्ष अर्को ठाउँमा ऋण समितिको सदस्य एउटै मान्छे भएको छ ।

यसरी सहकारीको चेन कसरी बन्यो भन्ने बारे गम्भीर भएका छौं । हामीले सबै सहकारीका समस्या बारेमा जानकारी लिने क्रममा छौँ, उनले भने, जेलमा भएका सहकारी सञ्चालकहरुसँग पनि कानून अनुसार रहेर सोधपुच्छ गछौं । विदेशमा भागेर बसेकाहरुलाई पनि नेपालमा ल्याउन प्रधानमन्त्रीलाई भन्छौँ । सरकार र संसदको काम गर्ने तरिका परक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here