इनरुवा । सप्तकोशीमा पानीको बहावले खतराको संकेत पार गरेपछि हाइ अलर्ट जारी गरिएको छ ।
आइतवार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनु भयो ।
उहाँले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको बताउनु भयो । उहाँले कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको बताउनु भयो ।
उहाँले शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको बताउनु भयो ।