सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजका ४१ ढोका खोलिए


२४ असार २०८१, आईतवार ०७:३७ मा प्रकाशित

काठमाडौँ । सुनसरी जिल्लामा रहेको  सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ ।

आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here