एकीकृत समाजवादी देशकै मुख्य कम्युनिष्ट पार्टी बन्छ : माधव नेपाल


२२ असार २०८१, शुक्रबार १७:३५ मा प्रकाशित

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलहरूसँग छलफल गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीति परिस्थीतिका सन्दर्भमा नयाँ समिकरणमा सहभागी लगायत सबै दलहरूसँग छलफल गर्ने बताए। उनले समाजवादी मोर्चालाई क्रियाशिल तुल्याउन छलफल गर्ने जिकिर गरे।

राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको अवस्थामा यसले संघमा मात्रै नभइ प्रदेशमा पनि प्रभाव पार्ने उनले बताए। उनले राजनीतिक घटनाक्रममा आफ्नो पार्टीको भूमिकाका विषयमा पनि छलफल गरिने जिकिर गरे। अध्यक्ष नेपालले महाधिवेशनले पार्टीलाई थप बलियो बनाएको भन्दै अवसर नपाएकै कारण निराश हुनु नपर्ने धारणा व्यक्त गरे।

त्यस्तै पार्टीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको विकास र विस्तारलाई रोक्न सक्ने कुनै शक्ति नरहेको जिकिर गरे । कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी विचार हावी भएको र एमालेमा पनि नेतृत्वका कारण निराशा छाएको भन्दै आफ्नो पार्टी देशकै मुख्य कम्युनिष्ट पार्टी हुने उनले दावी गरे।

उनले महाधिवेशन सम्पन्न भएसँगै पार्टीको व्यापक रुपान्तरणमा जुट्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here