सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीलाई पितृशोक


२२ असार २०८१, शुक्रबार ०८:०७ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीलाई पितृशोक परेको छ।

उहाँका बुवा यज्ञप्रसाद मैनालीको बुधबार राति ११: ५० बजे ७६ बर्षको उमेरमा निधन भएको हो। प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीका बुवा लामो समयदेखि दीर्घ रोगले थलिनु भएको थियो।

सदाचार र सत्कर्मका प्रेरक मैनालीको पार्थिव शरीरको बिहीबार कनकाई माइमा अन्तिम सँस्कार गरिएको छ।

उहाँका पाँच छोरी र एक छोरा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here