संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छः उपसभामुख राना


१७ असार २०८१, आईतवार १५:२३ मा प्रकाशित

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताउनु भयो ।

उहाँले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताउनु भयो । उहाँले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराउनु भयो ।

उहाँले सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताउनु भयो ।
उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here