नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि


१७ असार २०८१, आईतवार ०८:०७ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यस महाधिवेशनलाई एकीकृत समाजबादीले दशौं महाधिवेशन मानेको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिँदै अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको हो ।

महाधिवेशनमा विभिन्न तीन वटा प्रतिवेदनहरु प्रस्तुत गरिने बताइएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here