झापाको मेचीनगर ३ मा हात्ती मृत फेला


१४ असार २०८१, बिहीबार १०:१७ मा प्रकाशित

झापा । झापामा एक हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका ३ धरधरे टोल सुकेनिन्दा खोला किनारमा अन्दाजी ९/१० बर्षको भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहीबार बिहान स्थानीयबासीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिभिजन बन कार्यालय झापा र मेची सबडिभिजन कार्यालय धाइजनबाट फिल्ड अफिसरलगायतको टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

मृत हात्तीको पोस्टमार्टमका लागि कोशीटप्पु बन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आउँदै गरेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here