लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौंः उपप्रधानमन्त्री लामिछाने


१३ असार २०८१, बुधबार १४:५५ मा प्रकाशित

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताउनुभएको छ ।

बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताउनु भयो ।

उहाँले लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुर्व्यसनी फसेको बताउनु भयो ।

उहाँले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताउनु भयो । लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनैपनि हालतमा नछोड्ने बताउनु भयो ।

उहाँले सिनेमामा देखाए झैँ लागुऔषधको प्रयोग नगर्न आग्रह गर्दै जीवन तीन घण्टाको सिनेमा नभएको बताउनु भयो । आफ्ना अभिभावको दुःखलाई हेरेर आफ्ना व्यवहार अघि बढाउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here