प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुने


६ असार २०८१, बुधबार १०:५८ मा प्रकाशित

काठमाडौं  संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’भनी खर्च कटौतीको प्रस्ताव,डा .अमरेश कुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव, ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here