काठमाडौं– संसद सचिवालयको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी मृत अवस्थामा भेटिएका छन् ।
दोलखा मेलुङ–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।
उनले गोले आफैँले गोली हानी आत्महत्या गरेको हुनसक्ने बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
संसद भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर उनी मृत फेला परेका थिए ।