टी–२० विश्वकप : स्कटल्याण्डले नामिबियालाई हरायो


२५ जेष्ठ २०८१, शुक्रबार १७:२४ मा प्रकाशित

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हराएको छ।

टस जितेरर पहिला ब्याटिङ्ग गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

१५६ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ३ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । जितसँगै स्कटल्याण्ड समूह बी को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने नामिबिया तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here