मधेसमा सरकार गठन: नवनियुक्त मुख्यमन्त्रीलाई आजै शपथ


२५ जेष्ठ २०८१, शुक्रबार ०८:०३ मा प्रकाशित

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो । 

एमाले–माओवादी गठबन्धनले आज बिहान जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने भएका छन् ।

नवनियुक्त मुख्यमन्त्रीलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here