मुख्यमन्त्री सतिसकुमारद्वारा शपथग्रहण, १४ सदस्यीय मन्त्रीपरिषद् गठन


२५ जेष्ठ २०८१, शुक्रबार १७:२८ मा प्रकाशित

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिसकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

शुक्रवार उहाँले मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ ग्रहण गर्नुभएको हो । साथै १४ जना नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले शपथग्रहणकै दिन १४ सदस्यीय मन्त्रीपरिषद् समेत बिस्तार गर्नुभएको छ ।

जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानीमन्त्रीमा बेची लुंगेली, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीम शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खंग विना विभागीय मन्त्री बन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here