आइसीसी टी-२० विश्वकपमा आज भारत र आयरल्याण्डबीच खेल हुँदै


२३ जेष्ठ २०८१, बुधबार ०८:०१ मा प्रकाशित

झापा । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । आज समूह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुँदै छ । 

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुनेछ ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन ।

अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ । समूह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here