सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी – आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्


२२ जेष्ठ २०८१, मंगलवार १७:०२ मा प्रकाशित

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले उहाँले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो ।

उहाँले मन्त्रालयस्तरिय बजेटको किताव आउँदा स्रोत र साधनको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनु भयो ।

उहाँले रणनीतिक सडकहरु र वैकल्पिक लोक मार्गहरुलाई पर्याप्त बजेट विनियोजन गर्न पनि माग गर्नुभयो ।

सांसद दाहालले संसद अवरोधको श्रृङ्खलाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरिरहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here