सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता


२१ जेष्ठ २०८१, सोमबार १७:११ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको हो । बालुवाटारमा तीन शिर्ष राजनीतिक दलका नेताहरुबीच करिव तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here