कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, प्रदेश सभा बैठकमा कांग्रेस पनि सहभागी हुने


२१ जेष्ठ २०८१, सोमबार ०७:५९ मा प्रकाशित

विराटनगर । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ ।

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त बैठकमा कांग्रेस सहभागी हुन भएको हो ।

कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो ।

कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here