गएरातिको हावाहुरीका कारण झापामा ठूलो क्षति


१६ जेष्ठ २०८१, बुधबार ०८:२२ मा प्रकाशित

झापा । गएराति आएको हावाहुरीले झापामा व्यापक क्षति गरेको छ।

हावाहुरीले केही घरहरु उडाएको छ भने विजुलीका पोल र रुखहरु ढलेका छन्।

बिजुलीको पोल ढल्दा धेरै स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। त्यस्तै मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ।

पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले ज्यादा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राति चट्याङसहित हावाहुरी चले पनि जिल्लामा के कति क्षति भयो भन्ने जानकारी प्राप्त आइनसकेको झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here