बुद्धशान्ति गाउँपालिकामा सार्वजनिक सुनुवाइ, नागरिकले राखे सेवा र योजनाबारे जिज्ञासा


१४ जेष्ठ २०८१, सोमबार १९:२० मा प्रकाशित

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

लामो समयपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले गाउँपालिका कार्यालयको सेवा तथा काम कारबाहीका बारेमा जोडतोडका साथ जिज्ञासा राखेका थिए।

प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै बुद्धशान्ति १ का गौरव ढकालले गाउँपालिकाले सानातिना भन्दा ठूला आयमूलकहरूको व्यवस्था गर्नुपर्ने सुझाव राखेका थिए ।

बुद्धशान्ति १ का नन्दु राईले भागिरथा बुद्धशान्ति अस्तपालको सेवा चुस्त हुनुपर्ने बताएका थिए। उनले भने, ‘बुद्धशान्ति अस्पतालको सेवा २४सै घण्टा चालु होस्। अल्ट्रासाउण्ड गर्ने आउने सेवाग्राहीले दिनभर भोकै बस्नु नपरोस्।’

बुद्धशान्तिका सबै सातवटै वडाका बासिन्दाले सडकहरू समय नबनेको अवस्थाले नागरिकले भोगिरहेका पीडा, संरचना बनाउन ध्यान नदिइएको, शिक्षाको गुणस्तर, सहकारीका समस्यालगायत विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीयबासीले राखेका जिज्ञासामा गाउँपालिकाका प्रशासन प्रमुख देवेन्द्र कटुवाल, शिक्षा शाखा प्रमुख कमल निरौला, नेपाल विद्युत प्राधिकरण बुधबारे उपवितरण केन्द्रका प्रमुख निर्मल प्रधान, खानेपानीका अध्यक्ष ध्रुव ओली, विद्युत प्राधिकरण बुधबारे उपवितरण केन्द्रका प्रमुख निर्मल प्रधान, वडाध्यक्षहरू शिवप्रसाद पौड्याल, डिल्ली ओली, पर्शुराम चेम्जोङ, भागिरथा बुद्धशान्ति अस्पतालका प्रमुख डा. सुमेश चौधरीलगायतले जवाफ दिएका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा मूल जवाफदेही वक्ताका रुपमा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल तथा अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको सेवा तथा योजनाहरूका बिषयमा प्रकाश पारेका थिए।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सूर्योदय टेलिभिजनको सहजीकरण रहेको थियो। कार्यक्रम बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माविको सभाहलमा सम्पन्न भएको थियो।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here