आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दैछः परराष्ट्रमन्त्री श्रेष्ठ


१३ जेष्ठ २०८१, आईतवार १६:३४ मा प्रकाशित

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढाउने बताउनुभएको छ ।

आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दै गरेको बताउनुभएको हो ।

उहाँले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भएको बताउनु भयो । त्यस्तै नेपालीहरु चीन जान भिसा निःशुल्क भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आफूले परराष्ट्र मन्त्रीको रुपमा गर्नुपर्ने कामहरु अगाडी बढाइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here