सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकमा समाजवादको आधार तय गर्छः पूर्वअर्थमन्त्री पौडेल


१३ जेष्ठ २०८१, आईतवार १५:१७ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गरे । 

उनले नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको उल्लेख गरे । उनले पछिल्लो समय सर्वसाधरणमा छाएको निराशा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको पनि बताए । उनले अलमलिएको मुलुकको विकासको प्रयासलाई कार्यक्रमले गति दिने दाबी गरे । 

उनले २०७४ को निर्वाचनपछि देशले सामाजिक आर्थिक, भौतिक र मानवीय विकासका क्षेत्रमा गतिका साथ अगाडि बढे पनि बीचमा रोकिएको देशको विकास अगाडि बढाउने कार्यक्रम आएको दाबी गरे । 

उनले नीति तथा कार्यक्रमले अलमलिएको विकासलाई ट्रयाकमा ल्याउने बताए । नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको उल्लेख गरे । उनले कार्यक्रमले देशको भौतिक र मानवीय विकासमा ध्यान दिएको पनि बताए । 

उनले सरकारको नीति तथा कार्यक्रम विपक्षीले बेल घेरेर नारा लगाउने भन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको पनि बताए । 

उहाँले सरकारको नीति तथा कार्यक्रम विपक्षीले बेल घेरेर नारा लगाउने भन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको पनि बताउनु भयो । उहाँले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here