संसद्‌को गरिमा र ओझ खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा


१२ जेष्ठ २०८१, शनिबार १५:०६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्‌को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागममी प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संसद्‌मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहिन, मर्यादाहिन भएको उनले बताए ।

सापकोटाले संसद् कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन नसकेको बताए ।

अहिले अराजकताको स्थिति, प्रियतावादको रूझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here