नागरिकतासम्बन्धी प्रकरणमा कैलाश सिरोहियालाई पक्राउ गर्नु गलतः एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार


१२ जेष्ठ २०८१, शनिबार १३:३२ मा प्रकाशित


एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

‘मानव अधिकारका समसामयिक चुनौति र आगामी दिशा’ विषयक कार्यक्रममा महासचिव कालामारले यस्तो बताउनुभएको हो । अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताउँदै उहाँले सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयत्न भएको जिकिर गर्नुभयो ।

सूचनाको अधिकार र स्वतन्त्र रुपमा अनुसन्धानमुलक रिपोर्टिङमाथि धावा बोलिएको बताउनु भयो । उहाँले नागरिकको मुखसमेत बन्द गर्ने प्रयास भएको भन्दै आपत्ति जनाउनु भयो । नेपालमा गम्भीर अपराधका अन्य घटनामा अनुसन्धान नभएको तर मिडियालाई समाचार लेख्न र अनुसन्धानमुलक सामग्री प्रकाशन गर्न हतोत्साही बनाइएको उहाँको भनाइ थियो ।


उहाँले पत्रकारहरु व्यावसायिक हुनुपर्ने तर जुनसुकै अवस्थामा पनि पत्रकारले लेखेको समाचारकै आधारमा गिरफ्तार गर्नु नहुनेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here