पाँचथरको हिलिहाङ ७ हेवाखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु


१२ जेष्ठ २०८१, शनिबार ०८:०९ मा प्रकाशित

झापा । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको हिलिहाङ ७ हेवाखोलामा शुक्रबार साँझ गाडी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

त्रिशक्ति कन्स्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ च ७९९९ नम्बरको टोयोटा कम्पनीको गाडी शुक्रबार साँझ पौने ६ बजे दुर्घटना भएको हो। अनियन्त्रित भएर पल्टिँदा सोही गाडीका चालक नेपालगन्जका अन्दाजी ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन्। उनलाई पाँचथर अस्पतालमा प्राथमिक उपचारपश्चात् झापा ल्याइएको प्रहरीले जनाएको छ।

गाडी सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको छ। अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here