राष्ट्रिय महिला टोलीको प्रशिक्षण आइतबारदेखि शुरु हुँदै


१ श्रावण २०७६, बुधबार १४:११ मा प्रकाशित

काठमाडौं । आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ ।

अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण प्रतियोगिता शुरु हुन पाँच महिनामात्रै बाँकी रहँदा पनि सञ्चालन हुन सकेको थिएन । चैत यता भने माहिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । तर खेलाडीले क्लब र प्रदेशबाट बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद खेलेका थिए ।

अहिले महिला टोलीका ४० खेलाडीलाई सागको तयारीका लागि प्रशिक्षणमा बोलाइएको छ । नेपाली महिला टोलीले पछिल्लो समय आफ्नो प्रदर्शनमा सुधार गर्दै आएको छ । जसलाई केही दिन अगाडि सार्वजनिक फिफा वरियताको सुधारले पनि दर्शाउँछ ।

अहिले फिफा वरियतामा नेपाली महिला टोली १०१औं स्थानमा रहेको छ । यो यसअघिको वरियतामा २ स्थान सुधार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here