काँग्रेस संसदीय दलको बैठक बस्दै


३१ बैशाख २०८१, सोमबार ०९:२३ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ ।

सरकारले संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहँदा संसदीय काम कारबाही अघि बढ्न सकेको छैन । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ ।

तर काँग्रेसले भने आफूहरुले राखेको माग पूरुा नभएसम्म संसद सहज रुपमा अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ । संसदीय छानबिन समिति बनाउन आईतवार बालुवाटारमा काँग्रेसका शिर्ष नेतासहित प्रधानमन्त्रीको बैठक बसेको थियो ।

जसमा आजसम्म निष्कर्षमा पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । आजको काँग्रेस संसदीय दलको बैठकमा मंगलवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here