सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपा नेपाल


३१ बैशाख २०८१, सोमबार १३:०६ मा प्रकाशित

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । आजै जसपा नेपालका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएका हुन् । 

राजीनामा लगत्तै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी गरेका हुन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले केन्द्र सरकारबाट आफूहरु बिदा भएको र समर्थन पनि फिर्ता लिने बताए ।

स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री कार्कीले राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेका छन् । मधेश प्रदेशका सरकारमा अप्ठ्यारो परेपछि यादवले राजीनामा दिएका हुन् ।

मधेश प्रदेशमा मधेस  नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेतृत्वको सरकारको समर्थन फिर्ता लिएपछि यादव अप्ठ्यारोमा परेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here