सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको काँग्रेसको निष्कर्ष


२९ बैशाख २०८१, शनिबार १३:२२ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा काँग्रेस नेताहरुले सो निष्कर्ष निकालेका हुन् ।

बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते (सोमवार) अपरान्ह १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निणर्य पनि गरेको छ ।

सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाबिरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निणर्य गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।

नेपाली काँग्रेसले शुक्रवार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here