योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौँः उपप्रधानमन्त्री श्रेष्ठ


२९ बैशाख २०८१, शनिबार ११:४२ मा प्रकाशित

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताउनु भयो ।

उहाँले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताउनु भयो । उहाँले योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गर्नुभयो । उहाँले योग तथा ध्यानलाई आत्मसाथ गर्नसके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने बताउनु भयो ।

उहाँले नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताउनु भयो । उहाँले भगवान शिव, बुद्ध, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गर्नुभएको भन्दै ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here