देशको समृद्धिका लागि सोचेअनुसार काम भएनः अध्यक्ष दाहाल


२९ बैशाख २०८१, शनिबार १६:२० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताउनु भयो ।

उहाँले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैलाई थाहा छ, नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो । वैभवशाली प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता र मेहनती, स्वावलम्वी, एवं परिश्रमी मानिसहरुले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो । तर साँचो समृद्धिको बाटो भने सहज छैन । हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गरेका छौँ । जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन । दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका खेलका छन् । जसले श्रोतहरुको पहिचान गर्दै साझेदारीलाई बढावा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन् । हामी हाम्रा अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा अर्थात सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माणमा सामाजिक संस्थाहरुको भुमिकालाई कसरी अझ बलियो बनाउन सक्छौँ, भन्ने सन्दर्भ महत्वपूर्ण हुन जान्छ ।’

अध्यक्ष दाहालले अनुभव, अन्तर्दृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामुहिक गरेर मात्रै समुन्नत र समतामूलक नेपाल निर्माण गर्न सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here