सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछः प्रधानमन्त्री दाहाल


१९ बैशाख २०८१, बुधबार १६:३८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्ता साझेदार दलहरुको तर्फबाट प्रश्तुत साझा न्युनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मुलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनु भयो ।

राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूणर् योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्युनिकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

उहाँले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरु, ट्रेड युनियनहरु, निजी क्षेत्र लगायतका साथ रहने विश्वाससमेत व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here