बुवाले देखाएको बाटो समाएर निष्ठापूर्वक काम गर्छु: सुहाङ नेम्वाङ


१८ बैशाख २०८१, मंगलवार १६:३१ मा प्रकाशित

इलाम क्षेत्र नम्बर २ मा निर्वाचित प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने बताएका छन्।

आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै मंगलबार उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्।

सांसद नेम्वाङले आफ्नो बुबा (सुवास नेम्वाङ) ले देखाएको बाटोलाई समाएर आममतदाताको एक-एक मतको मूल्यांकन हुने गरी काम गर्ने बताए।

‘म एकदमै हर्षित र अलिअलि भावुक भएको छु। यो हर्ष र भावुकताको समय छ। यसमा म तपाईंहरू समक्ष उभिएर के बाचा गर्न चाहन्छु भने तपाईहरूले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मतको मूल्यांकन हुने गरेर काम गर्नेछु, उनले भने, बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर इमान्दार र निष्ठापूर्वक काम गर्नेछु। तपाईंहरूको शिर कहिल्यै पनि झुक्न दिने छैन।

नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित हराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here