इलाम क्षेत्र नम्बर २ः चुनाव जित्नेमा विश्वस्त छुः नेम्वाङ


१५ बैशाख २०८१, शनिबार १०:५५ मा प्रकाशित

इलााम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत मतदानबाट आफू विजयी हुने नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले बताउनु भएको छ ।

बिहान ७ बजेबाट मतदान शुरु भएको हो । इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहनुभएका नेम्वाङले मतदानपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुभएको हो ।

मतदान गरिसकेपछि बोल्दै नेकपा एमालेका उम्मेदवार नेम्वाङले उत्साहको महशुस भइरहेको बताउनु भयो । उहाँले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताउनु भयो । उहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताउनु भयो ।

घरदैलो कार्यक्रममा मतदाताहरुले देखाउनुभएको मायाले जित्नेमँ विश्वस्त रहेको बताउनु भयो ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here