इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत मतदान जारी


१५ बैशाख २०८१, शनिबार १०:५० मा प्रकाशित
मतदान गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ ।

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत मतदान जारी छ ।

निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू लगायतका १९ जना उम्मेदवारहरुले आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here