यहि आर्थिक वर्षमा बिजुली उत्पादन ३५०० मेगावाट पुर्‍याउँछौं- ऊर्जामन्त्री बस्नेत


१३ बैशाख २०८१, बिहीबार १२:२५ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले यही आर्थिक वर्षमा थप २०० देखि ३०० मेगावाट थप बिजुली उत्पादन गर्ने बताएका छन्। 

त्यसपछि विद्युत उत्पादन क्षमता ३५०० मेगावाट पुग्ने उनले बताए।

आजका दिनसम्म आइपुग्दा ३२०० मेगावाटभन्दा बढी बिजुली उत्पादन भइरहेको छ। अबको दुई महिनाभित्र ३५०० मेगावाट पुग्छ, उनले भने।

आगामी १३ वर्षभित्र २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित रोडम्याप तयार गरिएको उनले उल्लेख गरे।

लक्ष्य प्राप्तिका लागि जग्गा प्राप्ति लगायत समस्या समाधान गर्न नीतिगत सुधार गरिने उनले उल्लेख गरे।

ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी जलस्रोतको प्रचुर सम्भावनालाई सदुपयोग गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here