रौतहट । प्रदेश नं. २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले प्रदेशलाई आर्थिक समृद्ध बनाउनका लागि वितिय संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित प्रदेश नं. २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनमा भएको सहकारी सुदृढिकरण सम्बन्धि प्रदेश स्तरीय गोष्ठीमा बोल्दै उहाँले सहकारी क्षेत्रको प्रर्वद्धनका लागी प्रदेश सरकारले प्रथामिकता दिएको उल्लेख गरे ।
प्रदेश नं. २ का जनताको जीवनस्तरमा सुधार ल्याउन र लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए । केही सहकारी झोलाबाट सञ्चालन हुने गरेको बताँउदै यस्ता सहकारीलाई खारेज गर्ने उनको भनाइ छ । सहकारीको विधि र नियम रहेको बताँउदै नियमविपरित रहेका सहकारीलाई कारवाही गर्ने चेतावानी समेत दिए ।
राज्यमन्त्री यादवले सहकारीले उत्पादन मुलक कार्यमा जोड दिनु पर्ने बताउँदै उत्कृष्ट सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन र सम्मान गर्ने बताए । सहकारीले उत्पादन मूलक कार्यमा कम ध्यान नदिने गरेका कारण जीवनस्तरमा सुधार आउन नसकेको उनको भनाइ छ ।
प्रदेश २ का जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि जीविकोपार्जन र आर्थिकपार्जनमा सहकारीले प्रमुख भूमिका खेल्नुपर्ने उनले बताए । उत्पादन मूलक कार्यमा सहकारीले जोड दिँदा स्थानीय स्तरमा नै रोजगारीको सिर्जना हुने उनको तर्क छ । सहकारीको आफ्नै कुनै उत्पादन (ब्राण्ड)जनताले उपभोग गर्न नपाउनु दुःखद भएको बताँउदै यस तर्फ केन्द्रित हुन आग्रह गरे ।
विदेशी उत्पादनका सामनले बजार पाएको उल्लेख गर्दै सहकारी संस्था आफैले उत्पादन गरेमा आयातित कम हुने धारणा राखे । एक फरक प्रसंगमा राज्यमन्त्री यादवले प्रकृतिक बिपदले पुरयाउने गरेको क्षति र यसको न्यूनीकरणका लागि योजना बनाई कार्य गर्नुपर्ने र यस समयमा सवै सक्रियता हुनुपर्ने बताए ।





