अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै टिकटक अदालत जाने


१३ बैशाख २०८१, बिहीबार ०८:५६ मा प्रकाशित

टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालत जाने बताएको छ । 

अमेरिकी संसदका दुवै सदनले टिकटक कि बेच्नुपर्ने कि अमेरिकामा रोक लगाउने व्यहोरामा विधेयक पास गरेका थिए । त्यसमा राष्ट्रपति जो वाइडेनले बुधबार हस्ताक्षर गरेर कानुन बनिसकेको छ । 

सो प्रक्रिया पूरा गर्न अमेरिकाले टिकटकलाई ९ महिनाको समय दिने जनाइएको छ । टिकटकले जारी गरेको वक्तव्यमा आफूमाथि कुनै पनि वैदेशिक प्रभाव नरहेको र टिकटकका डेटा सुरक्षित गर्नका लागि ठूलो परिमाणको रकम खर्च गरिएको जनाएको छ ।

सो बन्दले १७० मिलियन अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन हुने समेत टिकटकले जनाएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here