भद्रपुरको दुर्घटनामा एक महिलाको मृत्यु, सवारी दुर्घटनामा परी एकै दिन पाँच जनाले ज्यान गुमाए


१३ बैशाख २०८१, बिहीबार ०८:४८ मा प्रकाशित

झापा । गएराति झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

योसंगै बुधबार एकै दिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

राति ८ बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ नमुना टोलस्थित चन्द्रगढी– भद्रपुर भित्री सडकखण्डमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको मागिखाइ हिड्ने वर्ष अन्दाजी ८० की पहाडे मुलको जस्तो देखिने बृद्धा महिलालाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी बृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा राति ९ बजे ती बृद्धाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here