सार्वजनिक बिदाबारे गृहमन्त्री लामिछानेको प्रष्टीकरण : तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ


११ बैशाख २०८१, मंगलवार १२:२४ मा प्रकाशित

काठमाण्डौ । कतारका अमिर (राजा) लाई स्वागत गर्न सरकारले आज दिएको सार्वजनिक बिदाको आलोचना भएपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिनुभएको छ । उहाँले बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत तीन दशकका अभ्यासलाई सच्चाउन समय लाग्ने उल्लेख गर्नुभएको छ ।

कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने गृहन्त्रीकाे भनाइ छ । अनावश्यक बिदा, भीआईपी सवारीका बेला हुने अरू विभिन्न व्यवस्थानको नाममा नागरिकले पाउने सास्तीलगायतका विषयमा आफूले पदबहाल गरेको दिनदेखि नै लगातार सुधारका काम गरिरहेको उहाँको भनाइ छ ।

लामिछानेले भन्नुभएको छ, धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनु भए पुग्छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here