इलाम । इलाम नगरपालिका ३ पुवामझुवाको मकैबारीमा चार थान भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले समातेको छ ।
इलाम सन्दकपुर १ वस्ने ३५ वर्षीय राम कुमार राई र सोही स्थान वस्ने २७ वर्षीय मिनकुमार फागोलाई प्रहरीले समातेको हो । इलाम नगरपालिका ३ मकैबारी इलाम र पाँचथरको उत्तरी सिमा क्षेत्रमा शंकास्द गतिबिधी भएको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी पौवा पाँचथरबाट समावेश गरी संयुक्त रुपमा गस्ति तथा शंकास्पद स्थानको तलासी गर्ने क्रममा इलाम नगरपालिका ३ मकैबारी स्थितमा सोही स्थान बस्ने खड्ग बहादुर राई र सनम फागोको गोठमा खानतलासी गर्दा उनीहरुलाई समातेको हो ।
राम कुमार राई बसेको गोठमा बारुद लोड भएको भरुवा बन्दुक १ थान र फलामका टुक्रा तथा बारुद फेला परेको तथा मिन कुमार फागो बसेको गोठबाट बारुद लोड भएको भरुवा बन्दुक १, लोड नभएको भरुवा बन्दुक २ गरी जम्मा ४ थान भरुवा बन्दुक र सोमा प्रयोग हुने बारुद, फलामको टुक्रा लगायतका खरखजना बरामद तथा निजहरुलाई सोही गोठबाट समातेको हो ।
हतियार अबैध रहेकोले उक्त हतियार तथा प्रयोग कर्ता ब्यक्ति, समुह र प्रयोजन समेतका बिषयमा अनुशन्धान भईरहेको छ । बरामद भएको हतियार तथा पक्राउ ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अबैध हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कर्यालय इलामले जानकारी गराएकोछ ।





