संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः ओली


१० बैशाख २०८१, सोमबार १७:५३ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउनु भयो ।

उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनु भयो ।

उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिवी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनु भयो ।

ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिरसमेत गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here